चनौली । नेरेसो उपशाखा चनौली उपशाखाको आयोजनामा सम्पन्न कार्यक्रममा २७ महिला सहित १२१ जनाले रक्तदान गरेका छन ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग र मानवताका लागी रक्त अभियान,लायन्स क्लब अफ चनौली, चनौली बजार व्यवस्थापन समिती र जेएमसी वचत तथा ऋण सहकारी ससंस्थाको सह आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रमको प्रमुखअतिथि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेल र भरतपुर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घलेले नियमित रक्तदाता यमप्रसाद सुवेदीलाइ ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुखअतिथि पौडेलले अस्पतालहरुमा रगतको आवश्यकता बढी हुँदा बिरामीको चाप बढ्ने गर्दा रगतको अभाव देखिने गरेको भन्दै रगतको अभाव भैरहँदा स्थानीयस्तरमा रक्तदान कार्यक्रमहरुलाई अभियानका रुपमा लानुपर्ने बताए ।
कार्यक्रममा भरतपुर–१८ का वडाध्यक्ष वावुराम रानामगर,चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल,ब्लड डोर्नस सोसाइटिका पुर्व अध्यक्ष अर्जुन अधिकारी, मानवताका लागी रक्त अभियानका संयोजक राजेन्द्रप्रसाद पौडेल,नेरेसो चितवनका पुर्व उपसभापती हरीचन्द्र महतो, इलाका प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक कल्पना सापकोटा, लायन्स क्लब अफ चनौलीका अध्यक्ष कालिकाप्रसाद खनाल, नेरेसो बघौडा उपशाखाका सभापति भगिरथ वस्याल,शारदानगर उपशाखाका सभापति शिवदत्त सापकोटा, दिव्यनगर उपशाखाका सभापति जिवाखर ढकाल,आमा कल्याण समुह चनौलीकी अध्यक्ष रञ्जना शर्मा, सल्लाहकारहरु श्रीलाल अधिकारी र एकनारायण पौडेलले मन्तव्य व्यक्त गरेका थिए । नेरेसो चनौली उपशाखा सभापति ओमप्रसाद लामिछानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

चनौली उपशाखा चितवनको उत्कृष्ट उपशाखाको रूपमा पटक पटक पुरस्कृत भएको र रक्तदानमा पनि चितवनको अग्रणी उपशाखाको रूपमा रहेको सभापती लामिछानेले जानकारी दिए ।

