मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Ariesआजको दिन तपाईंले चालेका प्रत्येक पाईलामा अवरोध गर्न खोज्नेहरु कम हुने छैनन् , मानसिक अशान्ति होला, पृयजन बाटै धोका होला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो हुनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurusआजको दिन तपाईंको लागि भाग्योदय लिएर आएको छ, सबैतिरबाट लाभ होला, नयाँ जिम्मेवारी थपिनसक्छ, परिवारमा नयाँ सदस्यको आशिर्वादले मन हर्षित रहला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Geminiतपाईंलाई आजको दिन राज्यपक्षबाट साथ र सहयोग प्राप्त होला , सरकारी पद तथा पुरस्कार प्राप्त होला, आज नयाँ जोस , जागर र उमंगको संचार होला, भाबुक बन्ने दिन छ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancerआजको दिन तपाईंलाई अनेक प्रकारका लाभ होला ,कुनै पनि रमणीय स्थानको भ्रमण तथा जल यात्रा होला, सुन चाँदी तथा रत्न रत्नादिबाट लाभ होला तथा धन,मान तथा यश प्राप्त होला।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leoआजको दिन शत्रु पक्ष सक्रिय रहलान, मन अस्थिर होला, बोल्दा बिचार गरेर मात्र बोल्नुहोला, मुद्दा मामिलाको झन्झटमा फसिएला, तर पनि मध्याह्न पछी भने समय राम्रो छ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgoतपाईंलाई आजको दिन धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libraतपाईंलाई आज कुनै पनि नसोचेको स्थानबाट धनार्जन होला, कुनै पनि नवीन कार्यमा सहभागी भईएला , आज छोटो तथा लामो दुरिको भ्रमण पनि हुनसक्छ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpioकुनै पनि उच्च पद प्राप्ति तथा उच्च पदस्थ व्यक्तिसँग भेटघाट होला, दाजुभाइको साथ र सहयोगले कुनै व्यवसाय वा कार्यमा सफलता प्राप्त होला , आजको दिन पराक्रममा पनि वृद्धि होला ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittariusआजको दिन माताको सरसल्लाहले कुनै पनि निर्णय लिईएला, पशुचौपाया तथा साधन बाहन गाडी घोडाबाट लाभ होला , नयाँ जग्गा जमीन तथा घर आदिको वृद्धि होला ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricornआजको दिन तपाईंलाई न्याय मिल्ला, श्रीमतीको साथ र सहयोग प्राप्त होला , प्रेमी प्रेमिका बिच राम्रो प्रेम बढ्ला, आज कुनै नयाँ स्थानमा नयाँ व्यक्तिसँग रमाइलो भेटघाट पनि होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquariusआजको दिन तपाईंलाई रोग तथा व्याधिले सताउला, खानपिनमा बिशेष ध्यान दिनुहोला, शत्रु पक्ष बलवान् हुनाले तपाईंको काममा अवरोध गर्लान् ,आजको दिन ॐ नम: शिवाय मन्त्र जप गरे राम्रो होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Piscesआजको दिन कुनै पनि शैक्षिक गतिविधिमा प्रगति गरिएला, उपहार तथा पुरस्कार प्राप्त हुने समय आएकोछ, कुनै पनि रचनात्मक कार्य गर्नाले मन प्रसन्न रहला।
आज भदौ ८ गते , यस्तो छ तपाईंको राशिफल
आज भदौ ८ गते , यस्तो छ तपाईंको राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

