भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको एक उच्च श्रोतले चित्रवन खबरलाई जानकारी दिएको छ ।
तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग टुंगिएको छ,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल गर्ने सहमती भएको छ ।’ उपमेयर कस्लाई बनाउने भन्ने बारे छलफल भइरहेको छ । भरतपुर महानगरमा राप्रपाको राम्रै प्रभाव छ । पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारणले पनि यहाँ राप्रपा बलियो शक्तिको रुपमा छ । गत स्थानीय तहको निर्वाचनमा पनि राप्रपाका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक राप्रपाले १० हजार बढि मतदाता आफ्नो रहेको दावी गर्दैै आएको छ ।
अब गठबन्धनका तर्फबाट रेनु दाहाल र एमाले सहित राप्रपाको संयुक्त उम्मेदवार विजय सुवेदीबीच प्रतिस्पर्धा हुनेछ।

