काठमाडौं महानगरपालिकामा अहिले वडा नम्बर २९ को मत गणना जारी छ । उक्त वडामा ५०० मत गन्दा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १३८ मत पाएका छन् । त्यस्तै गठबन्धनकी सिर्जना सिंहले १२५ मत पाउँदा एमालेका केशव स्थापितले ९३ मत पाएका छन् ।
अहिलेसम्म बालेनले १२९०७ मत पाएर अग्रता कायम गर्दा स्थापितले ६८१७ र सिंहले ६९४५ मत पाएकी छन् ।

