मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ। चिताएका काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीकाे केही अंश भने अरूका लागि खर्च हुनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्। स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ। सहयोगीहरू पछि हट्न सक्छन्। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। समयमा सजग नहुँदा काममा अवरोध आउन सक्छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्नेछ। अवसरको खोजीमा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्।

