काठमाडौँ,वैशाख-२५ : सत्तारुण् दल निकट नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघ नेपालले गठबन्धनका उम्मेदवारलाई मत दिन अपील जारी गरेका थिए। त्यस विषयमा आयोगले स्पष्टीकरण मागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख गर्दै आयोगले पाँच वटै पत्रकार संगठनलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत संघ संगठनमा आवद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलित पेश गर्न मिल्छ, मिल्दैन? यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ सहतिको स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।’


