रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनलाई रूसले युक्रेनलाई सफलतापूर्वक निःशस्त्रीकरण गर्ने बताएका छन्।
टेलिफोन कुराकानीको क्रममा पुटिनले युक्रेनलाई तटस्थ बनाउने आफ्नो लक्ष्य भएको उनले बताएका छन्।
युक्रेनले वार्तामा ढिलाइ गर्ने कुनै पनि प्रयासको परिणामस्वरुप रसियाले आफ्ना मागहरूको सूची थप्ने कुराकानीका क्रममा पुटिनले बताएका थिए।
फ्रान्सेली नेताले बुधबार दिएको भाषणसँग आफू असहमत रहेको पनि पुटिनले म्याक्रोनलाई बताएका थिए।