आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् । भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।
सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ ।नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।