चनौली, चैत्र ७ | केहि दिन अगाडी भरतपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगर भित्र व्यवसाय गर्ने व्यवसायी, उद्योगी तथा विज्ञापन एजेन्सीहरुलाई लक्षित गर्दै विज्ञापन कर उठाउन कुनै एक प्राइभेट कम्पनीलाई ठेक्का दिएको जनाएको थियो | उक्त विज्ञप्ति पश्चात् यस नगरका व्यवसायीहरु महानगरको यो कदम उचित नभएको भन्दै रुष्ट बनेका थिए | कतिपय व्यवसायीहरुले सामाजिक संजालमा खुलेरै विरोध पनि गरेका थिए र उद्योग वाणिज्य संघ चितवनले यस समस्याको समाधान गर्नु पर्ने माग पनि गरेका थिए |
फलस्वरूप , हिजो ( शनिबार) उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिका बीच छलफल भएको थियो | उक्त छलफल अनुसार भरतपुर महानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरुले आफ्नो फर्म/कम्पनी तथा व्यवसायिक प्रतिष्ठानको परिचय दिने खालको परिचय /जानकारी दिने बोर्ड (Sign board) व्यवसाय स्थल तथा प्रतिस्ठानमा राख्दा कुनै किसिमको कर नलाग्ने तर कुनै उत्पादन वा सेवा वस्तुको प्रचार प्रसार/विज्ञापन गर्ने उद्देश्यले राखिने होडिङ बोर्डको भने कर लाग्ने कुराको जानकारी उद्योग बाणिज्य संघ चितवनले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ |
यस बिषयमा भरतपुर महानगरको आधिकारिक जानकारी भने आइसकेको छैन |

