नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरण हुने मेघौली फिडर अन्तर्गत भिमनगर चोक देखि चनौली बजारसम्म ११ केभी लाइन अपग्रेड हुने भएकोले सो फिडर अन्तर्गत पर्ने सम्पूर्ण ठाउँहरुमा विद्युत कटौती हुने चनौली वितरण केन्द्रले जनाएको छ।
भोलि बुधबार विहान ६ बजे देखि मर्मत कार्य सुरु हुने र १० बजेसम्ममा सक्किने पनि केन्द्रले जनाएको छ। उक्त फिडर अन्तर्गत पर्ने ज्योतिनगर, खद्रौली, पर्साढाप, खयरघारी, तेलौली, जितपुर, गोलाघाट र शोसी आसपासका क्षेत्रमा विद्युत लाइन कटौती हुनेछ।