शनिबार सिंहदरबारमा पराष्ट्रमन्त्री नायारण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटवार्तामा विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । आ–आफ्नो देशको प्रतिनिधि गर्दै समकक्षी खड्का र यीले हस्ताक्षर गरेका हुन् ।
नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।
त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।