काठमान्डौको लेखनाथ मार्गमा रहेको सरस्वति बहुमुखी क्याम्पसको प्रजातन्त्रवादी प्राध्यापक संघको इकाई समिति हिजो शनिबार पाँचौं अधिवेशन सम्पन्न भएको छ।
हिजो एक कायर्क्रमका विच सम्पन्न अधिवेशनमा आगामी कार्यकालका लागि कलेजका अंग्रेजी विभागका नरेन्द्रराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
लोकतन्त्रप्रति आस्था राख्ने नेपालभरिका सम्पूर्ण प्राध्यापकलाई एउटै छातामुनि आबद्ध गराई संगठित गर्ने चाहनाका साथ स्थापित संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल हो।
सुवेदीले २०५९ सालदेखि निरन्तर सरस्वती बहुमुखी क्याम्पसमा अंग्रेजी विषय अध्यापन गराउँदै आउनुभएको छ।