कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने पक्षमा माहोल बनेको छ।
जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी गराएका छन्। आइतबार ५४ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्।
रिपोर्ट प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन्। अघिल्लोपटक आफूले जितेको स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेको ठाउँमा दलहरुबीच गठबन्धन गर्नुपर्ने धारणा धेरैले राखेका हुन्।
२०७४ सालका भएको चुनावमा कांग्रेसले २६६ पालिकामा मात्रै जित हासिल गरेको थियो। एमालेले २९४ तहमा जित हासिल गरेको थियो। केन्द्रीय सदस्य डिला संगौलाले भनिन्, ‘धेरै साथीहरु गठबन्धनको पक्षमा हुनुहुन्छ। आफूले जितेको स्थानीय तहलाई सुरक्षित राख्दै एमालेले जितेको स्थानमा गठबन्धन गर्नुपर्छ।’
प्रवक्ता प्रकाशशरण महतले आवश्यकताका आधारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग गठबन्धन हुने दाबी गरे। बैठक भोलि सोमबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ। सोमबार बैठकले गठबन्धनबारे ठोस निर्णय सार्वजनिक गर्ने महतले बताए।
कस कसले धारणा राखे बैठकमा?
एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौलाले धारणा व्यक्त गरेका छन् ।
यस्तै सरिता प्रसाईं, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी,
अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्काले पनि बैठकमा धारणा राखेका पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धारणा राख्ने अन्य केन्द्रीय सदस्यहरुमा प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन राना छन् ।