• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • २० मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • १ घण्टा 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • १ घण्टा 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • १ घण्टा 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • १ घण्टा 

तपाइंको आजको राशिफल
  • १ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • २ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

डिप्रेसनमा गएको महसुस भएको छ ? नगर्नुस् यी पाँच काम

  •   २ महिना अघि

अहिले कामको तनाव तथा अन्य विभिन्न कारणले मानिसहरुमा डिप्रेसनको समस्या बढ्दै गएको छ । डिप्रेसनलाई स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । यसले मान्छेमा उदासीनता, नैराश्यता र वैमनश्यता ल्याउँछ । डिप्रेसनका कारण कतिपयको जिन्दगी नै तहसनहस हुन पुग्छ । आफू डिप्रेसनमा गएको महसुस भए आफ्नो ख्याल आफैंले राख्नुपर्छ । यस्तो बेला आफ्नो भावना व्यक्त गर्न नचाहँदा समस्या झन् बढ्न सक्छ । डिप्रेसनको समस्या देखिए आफूलाई कहिल्यै एक्लो राख्न नहुने मनोचिकित्सकहरु बताउँछन् । एकान्तपनको अन्त्य गर्नुपर्छ । यसका साथै मध्यपानबाट टाढा रहनुपर्छ ।

डिप्रेसन भएको महसुस भए यस्तो काम नगर्नुस्

आवश्यकता भन्दा बढी खाना नखानुस्

कतिपयले भोक नहुँदा नहुँदै पनि खाना खाने गर्छन् । जसका कारण उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्छ । बढी खानाले अनिन्द्राको समस्या, ग्यास्ट्रिकका साथै मानसिक समस्या समेत आउन सक्छन् ।

डिप्रेसन भएको बेला आवश्यकताभन्दा बढी खानेकुरा खाए शारीरिक समस्या आउँछन्, जसले झन् ठूलो समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि अनावश्यक खानेकुरामा बन्देज लगाउनुपर्छ ।

मध्यपान नगर्नुस्

मदिराको सेवन शरीरका लागि हरेक दृष्टिकोणबाट हानिकारक हुन्छ । डिप्रेसनको बेला मदिरा सेवन गर्दा समस्या थप बढाउँछ । मध्यपानको लतले शारीरिक क्षमताका साथै मानसिक क्षमता समेत कमजोर बनाउँछ ।

यस्तो बेला प्रशस्त मात्रामा पानी पिउने र झोलिलो पदार्थ खाने गर्नुपर्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा कायम रहिरहन्छ ।  यसका साथै फाइबर रिट डाइट पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

एक्लोपनबाट जोगिनुस्

डिप्रेसनको लक्षण देखिए आफूलाई एक्लो राख्नु हुँदैन । एकान्तपन र कोठाबाट मुक्त गर्नुपर्छ । यस्तो बेला खुला हावा बहने स्थान, खुला वातावरण र साथीभाइसँग समय बिताउनुपर्छ ।

डिप्रेसनमा हुँदा मोबाइल, ल्यापटप तथा भिडियो गेमबाट समेत बच्नुपर्छ । यसको कारण तनाव बढ्न सक्छ । यस्तो बेला मुडी तथा दुःख लाग्ने संगीतबाट टाढा बसेर साथीभाइ तथा चिकित्सकको सल्लाह लिनुपर्छ ।

ओछ्यानमा पल्टिरहने बानी त्याग्नुस्

डिप्रेसनमा हुँदा एक्लै ओछ्यानमा पल्टिरहने बानीले झन् समस्या ल्याउन सक्छ । यसबाट अनिद्राको समस्या बढ्छ । सुतिरहनु, पल्टिरहनुको सट्टा हिंडिरहनु पर्छ । साथै व्यायाम गर्ने, नाच्ने क्रियाकलापमा सहभागी हुनु यसबाट पार पाउने राम्रो विकल्प हुन्छ । यस्तो बेला सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ ।

सामाजिक सञ्जाल, भ्रामक खबर र नकारात्मक तथा दुःखद् घटना र विचारबाट टाढा रहनु पर्छ । यस्तो बेला आफूलाई अरुसँग तुलना गर्नु हुँदैन ।

चिकित्सकसँग सल्लाह लिनुस्

डिप्रेसनको समस्या भएमा आफ्नो समस्यालाई नजरअन्दाज गर्नु हँुदैन । यसको लक्षण देखिएमा चिकित्सक तथा थेरापिस्टसँग सल्लाह लिनुपर्छ । आफू तथा अरुको बारे गहिरो चिन्तनमनन गर्न छोडेमा केही राहत पाइन्छ ।

डिप्रेसनबाट पार पाउन मनोविद् तथा चिकित्सकको परामर्श लिनुका साथै घरपरिवार आफन्त तथा साथीभाइसँग समय बिताउनुका साथै खुलेर कुरा गर्नुपर्छ ।

डिप्रेसनमा गएकाहरुले आशावादी भइरहनुपर्छ । मानिस कुनै न कुनै समय मानसिक तथा  डिप्रेसनको समस्याबाट गुज्रेको हुन्छ ।

ओन्ली माइ हेल्थबाट

  • डिप्रेसन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बीसहजार जेसीजको आयोजनामा वरिष्ट युरोलोजिष्ट डा. सुदिपराज केसीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि, शङ्कास्पद थप स्थान ‘निगरानीमा’
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको फाइजर खोप

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.