सुनको मुल्यमा आज ९ सय रुपैयाँले गिरावट आएको छ ।
आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।