एजेन्सी, जेठ १४ :साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो ।
यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ । पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ ।
पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो ।

