५३ वर्षिय भारतीय गायक केकेको मंगलबार साँझ कलकत्तामा निधन भएको छ । भारतीय संचार माध्यमहरूका अनुसार सांगीतिक प्रस्तुति दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।
मेडिकल रिचर्स इन्चिच्युट अस्पतालमा उनको मृत्यु भएको हो । हृदयघातका कारण मृत्यु भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक जनाएका छन्।
हिन्दी, तामिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउड डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।
Saddened by the untimely demise of noted singer Krishnakumar Kunnath popularly known as KK. His songs reflected a wide range of emotions as struck a chord with people of all age groups. We will always remember him through his songs. Condolences to his family and fans. Om Shanti.
— Narendra Modi (@narendramodi) May 31, 2022

