चितवन, जेष्ठ २६: गरिमा विकास बैक मिलनचोक शाखाले आज उमावडी आर्दश शेरचन कलेजमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गरिमा विकास बैक मिलनचोक शाखाका कर्मचारी शुसन अधिकारीले संचालन गर्नू भएको कार्यक्रममा त्यसै कलेजका प्रधान अध्यापक सूर्य नारायण महतो सभापति एवंम श्री आर्दश मा. वि. का प्रधान अध्यापक मित्रवन्धू चापागाई प्रमूख अतिथि रहनू भएको थियो ।
मिलनचोक शाखाका शाखा प्रमूख अमृत कोइरालाले वित्तिय साक्षरता सम्वन्धि प्रस्तूती दिनू भएको थियो । उक्त कार्यक्रममा उहाले गरिमा विकास बैकले प्रवाह गदै आएको विभिन्न वित्तिय सेवाहरुको बारेमा जानकारी दिनू भएको थियो । कार्यक्रममा बैकले प्रवाह गदै आएको विभिन्न सेवाहरुको बारेमा जानकारी दिनूका साथै विभिन्न डिजिटल माध्यमहरुको बढ्दो प्रयोग सगै यसबाट निम्तीने विभिन्न किसिमको जोखिमहरु र उत्त जोखिमहरुबाट बच्ने उपायहरुको बारेमा समेत प्रस्तूती रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बि.बि.एस एवंम् बि.ए. संकायमा अध्ययनरत विधार्थी एवंम् शिक्षक शिक्षिका समेतको उल्लेख्य सहभागिता रहेको थियो ।