दिव्यनगर,४-असार : चितवनकै पहिलो सुविधासम्पन्न बि ग्रेडको एम्बुलेन्स सेवा पश्चिम चितवनको दिव्यनगरले पाएको छ । नेपाल रेडक्रस सोसाइटी दिव्यनगरको २५ औँ वार्षिकोत्सवको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले एम्बुलेन्सको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दाहालले महानगरपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र भएको बताउनु हुर्दै पश्चिम चितवनकै पहिलो सुविधासम्पन्न एम्बुलेन्स दिव्यनगरबाट सञ्चालनमा आउनु आफैमा खुसीको कुरा भएको बताउनु हुर्दै एम्बुलेन्स सञ्चालनका लागि महानगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको कुरा पनी बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालले एम्बुलेन्स सञ्चालनमा आएपछि दिव्यनगर र यस आसपासका जनताले लाभ लिने विश्वास व्यक्त गर्नु हुर्दै वडा बाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।दिव्यनगर र आसपासका जनतालाई सेवा दिने लक्ष्य राखेर उद्घाटन गरिएको एम्बुलेन्स कानुनी प्रक्रिया पूरा गरी केही दिनपछि सञ्चालनमा ल्याइने नेपाल रेडक्रस सोसाइटी उपशाखा दिव्यनगरका सभापति जिवखर ढकालले जानकारी दिनु भयो ।
कार्यक्रममा उपमेयर चित्र सेन अधिकारी, नेरेसो केन्द्रिय कार्यालयका निर्देशक उमेश ढकाल, नेरोस आवद्ध व्यक्तित्वहरुको विशिष्ट आतिथ्य रहेको थियो भने भरतपुर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनाल, छिमेकी वडाका वडाध्यक्ष, नेरेसो जिल्ला शाखा चितवनका हरिप्रसाद पौडेल, लक्ष्मी कान्त दवाडी, दिव्यनगर गाविसका पुर्व अध्यक्ष वुद्वी बहादुर गुरुङ्ग र क्षेत्रीय रक्तसञ्चार प्रमुख एवम् शाखा अधिकृत रमेश पौडेल लगायतका अतिथिहरुको कार्यक्रममा यपश्थीती रहेको थियो ।
नेरेसो दिव्यनगर उपशाखाका आजिवन सदस्य नवलक्ष्मी श्रेष्ठ र श्रषिराम घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमलाइ नेरेसो दिव्यनगर उपशाखाका शिव सिलवालले सहजीकरण गर्नु भएको थियो ।