नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो। निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार भरतपुरबाट काठमाडौंको हवाई भाडा २ सय रुपैंया बढेको छ ।
यस्तै काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ। नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको हो ।