काठमाण्डू उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।
डा. दासले बीबीसीसँग भने, “शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्यो, तर अहिले जेनरल वार्डमा सारिएको छ।”
त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजना बिरामी भेटिएको उनले जानकारी दिए।
डा. दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।