नयाँ दिल्ली, असार १९:भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमको हो । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।