नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मट्टीतेलमा ९ रूपैयाँ र हवाइ इन्धनआन्तरिकमा ५ रूपैयाँ बढाएको हो।
योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने भएको छ। हवाइ इन्धन आन्तरिकतर्फको मूल्य १९० रूपैयाँ लिटर पुगेको छ। खाना पकाउने एलपी ग्यासको भने मूल्य यथावत (१ हजार ८ सय रूपैयाँ) छ।
यसअघि असार ११ गते आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।
भारतीय आयल कर्पोरेसनले बढाएर मूल्यसूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमको दाबी छ। 

