चितवन : नेकपा माधव प्रचण्ड समुहले आज गरेको आम हडतालको प्रभाव बिहानदेखि परेको छ । बन्दकर्ताले बिहानै मुग्लिन नारायणगढ सडकखण्डको भतेरी जङ्गलमा दुई ट्रकमा तोडफोड भएको छ ।
बिहानै ट्रक को सिसा फुटाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनु भयो । बिहान फाट्टफुट्ट केही साधन चले पनि सडक सुनसान भएको प्रहरीले जनाएको छ । जिल्लाका मुख्य सडकमा प्रहरी तैनाथ गरिएको छ ।
चितवनमा भित्री बजारहरु पूर्ण रुपमा खुलेको भए पनि यहाका मुख्य बजार नारायणगढ, भरतपुर, रत्ननगर लगायत बिभिन्न बजार, विधालय पूर्णत बन्द रहेको छ ।