क्रिप्टोमा लगानी गरेको अभियोगमा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई प्रहरीले पक्राउ परेका छन् । बुधबार दिउँसो उनको घर पानीपोखरीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । उनले क्रिप्टोमा कति लगानी गरेका छन् भन्ने खुलेको छैन ।
नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ ।

