चितवनमा पछिल्लो बर्षहरुमा घरेलु हिंसाका घटना बढ्ने गरेको पाइएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७८-२०७९ मा ४४३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो गएको २ आर्थिक बर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।
प्रहरी कार्यालय चितवनको महिला सेलका अनुसार आर्थिक बर्ष २०७६-२०७७ मा ८४ वटा घटना दर्ता भएको थियो भने २०७७-२०७८ मा १५४ वटा दर्ता भएको थियो । यता, जिल्लामा घटेको अघिंकाश घरेलु हिंसाको घटनामा मिलापत्र हुने गरेको तथ्याङ्कले देखाउँछ ।
आर्थिक बर्ष २०७८-२०७९ को पहिलो अर्थात् साउन महिनामा घरेलु हिंसा अन्तरगर्त खान लाउन नदिएकोमा १६, कुटपिटमा २१ गाली बेइज्जतिमा १२ गरी ४९ वटा उजुरी परेकोमा ३५ वटामा मिलापत्र गरेको पाइएको छ ।
यस्तै, भदौ महिनामा ३४ वटा उजुरी मध्ये २६ वटामा मिलापत्र गराइएको छ । जसमा खानलाउन नदिएकोमा १२, कुटपिटमा १०, गाली बेइज्जतीमा १२ वटा उजरी थियो ।
असोजमा खानलाउन नदिएकोमा ८,कुटपिटमा १७, गाली बेइज्जतीमा ७ वटा उजुरी परेकोमा २४ वटामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ३३ वटा कुल उजुरी दर्ता भएको कार्तिक महिनामा भने २५ वटामा मिलपत्र गराइएको छ भने ९ वटा उजुरी अदालतको प्रक्रियामा गएका छन् ।
मंसिरमा भने खानलाउन नदिएकोमा ९, कुटपिटमा १८, गालीबेइज्जतीमा ८ वटा उजुरी परेको थियो । जसमा २४ वटा मिलापत्र गराइएको छ भने ११ वटा अदालत पुगेको थियो ।
यसैगरी पुषमा जम्मा ४१ वटा उजुरीमा ३७ वटामा मिलापत्र गरेको बाँकी ४ वटा उजुरी अदालती प्रक्रियामा पुगेको बताइएको छ । यसमा उजुरी संख्या खानलाउन नदिएकोमा ६, कुटपिटमा २० तथा गालीबेइज्जतीमा ४१ थियो ।
माघमा खाालाउन नदिएकोमा ८, कुटपिटमा १३, गालीबेइज्जतीमा ७ गरी २८ मध्ये २१ वटा उजुरीमा मिलापत्र भएको छ । अदालतमा ७ वटा उजुरी पुगेको थियो । फागुनमा क्रमश खानलाउन नदिएकोमा १२, कुटपिटमा १६, गालीबेइज्जतीमा १० गरी ४० उजुरीमा २७ वटामा मिलापत्र गरिएको छ । अदालतमा १३ उजुरी परेको छ ।
चैतमा जम्मा ३८ उजुरी परेमा अदालतमा १० वटा गएका थिए भने मिलापत्र २८ वटा उजुरीको भएको हो । जसमा खानलाउन नदिएकोमा १३, कुटपिटमा १६, गालीबेइज्जतीमा १० उजुरी थियो ।
बैशाख महिनामा गालीबेइज्जतीमा १०, कुटपिटमा १० तथा खानलाउन १ गरी २८ वटा उजुरी परेको १८ वटामा मात्र मिलापत्र भएको देखिएको छ भने ७ वटा उजुरी भने अदालती पक्रियामा पुगेको थियो ।
जेठ महिनामा १६ वटा उजुरीमा मिलापत्र हुँदा ७ वटा मात्रै अदालती प्रक्रियामा पुगेको छ । जसमा कुटपिटमा २१, खानलाउन नदिएकोमा १२ र गालीबेइज्जतीमा १० वटा उजुरी परेको थियो ।
यस्तै, आर्थिक बर्षको अन्त असारमा ४१ उजुरी दर्ता भएकोमा २२ वटाको मिलापत्र गराइएको छ । जसअन्तरगर्त गालीबेइज्जतीमा १०, कुटपिटमा १२ र खानलाउन नदिएकोमा १५ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको महिला सेलको तथ्याङ्कले देखाएको छ ।
यसरी प्रहरीसम्म पुगेरपनि धेरै उजुरीहरु मिलापत्रमा टुंग्याउने गरिएको छ । परिवारको इज्जत र सामाजिक प्रतिष्ठालाई कारण बनाइ हिंसाका घटनालाई सार्वजनिक नगर्ने र गरेहालेपनि मिलापत्र गर्ने प्रवृत्ति अझैपनि समाजमा बिद्यमान छ ।
त्यसैले आफैं आवेशमा आएर उजुरी दिएको भन्दै अधिकांश पीडित महिलाहरु अन्तमा मिल्ने नै गरेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।