कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।
नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।
७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ ।
यस्ता सामाग्रीहरु प्रयोग गरि घर बनाउदा सस्तो पनि हुने र बलियो हुने पनि बताइएको छ , यी समान प्रयोग गरेर घर बनाउदा न्युनाम साढे चार लाख मै पनि आकर्षक घर बनाउन सकिने जानकारहरु बताउछन !