चितवन, साउन १४-
चितवनमा थप आठ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पीसीआर र एन्टिजेन गरी ६२ जनामा गरिएको परीक्षणमा विगत २४ घण्टामा भरतपुर महानगरपालिकाभित्रका आठ जनामा सो संक्रमण पाइएको हो ।
स्वास्थ्य कार्यालयको अनुसार चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना र घरको आइसोलेसनमा ५७ जना रहेका छन् ।