भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन् ।मंगलबार उनले प्रदेशका गभर्नरलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन् ।
‘एनडिए गठबन्धन छोड्ने विषयमा हाम्रो दलका सांसद र प्रदेशका विधायक सबै एकमत छन्,’ नितिश कुमारले भनेका छन् । उनले भाजपाका नेता एवं गृहमन्त्री अमित शाहले आफ्नो पार्टी विभाजन गरी सरकार ढाल्न लागेको आरोप लगाएका छन् । नितिश कुमार पछिल्लो समय सन् २०१७ मा बिहारको मुख्यमन्त्री बनेका थिए ।