चितवनको निजि अस्पताल चितवन मेडिकल कलेजले कलेजोको सफल प्रत्यारोपण गरेको छ। चैत्र ८ गते भरतपुर महानगरपालिका १० निवासी धन कुमारी लामाको सफल प्रत्यारोपण गरिएको अस्पताल प्रशासन बाट जानकारी गराइएको छ। लामालाई उनकी छोरी उषा तामाङ्गले कलेजो दान गरेकी थिइन।

काठमान्डौ बाहिर पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएको हो भने यसअघि भक्तपुरको मानब अंग प्रत्यारोपण केन्द्र र त्रिभुवन विश्वबिद्यालय टिचिंग अस्पतालमा गरिएको थियो।
लामो समय देखि कलेजो रोग बाट ग्रसित धनकुमारीलाई काठमान्डू स्थित वीर अस्पतालका डा अजित खनालको सल्लाह बमोजिम चितवन मेडिकल कलेजमा लागिएको पनि जानकारी प्राप्त भएको छ। अपरेशन गर्नका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुको समुहले १२ घण्टा समय लगाएको थियो।
कलेजो प्रत्यारोपण गर्नको लागि जम्माजम्मी २५ लाख रुपैया खर्च लागेको पनि बताइएको छ भने भारतमा प्रत्यारोपण गर्दा झन्डै दोब्बर ५० लाख लाग्ने हिमालयन टायम्सले जनाएको छ।
अब चितवनबासी लाई पनि कलेजो समस्या आएमा आफ्नै गृह जिल्लामै उपचार गराउन पाउने भएका छन् जसकारणले गर्दा उपचार बाहेकका खर्च र समय दुबैको बचत हुने पनि देखिन्छ।