काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म संस्थाले ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ६.८२% थोरै हो । अघिल्लो वर्ष यसले ५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने ९.१२% ले बढेको छ ।
यता, सञ्चालन नाफा भने ५.२४ % ले घटेको छ । सञ्चालन नाफा घट्नाले पनि यसको नाफामा प्रभाव परेको हो । यसले राइट ब्याक पनि अघिल्लो वर्षको तुलनामा कम गरको छ । यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । सापटि रकम भने घटेको छ । जनउत्थानको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ । पुँजी २५% ले बढेको हो ।
जगेडा कोष १९.०८% ले वृद्धि भएको छ । यसको रिजर्भमा ११ करोड ७४ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष ९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खराब कर्जा अनुपात ४.२८ % बाट घटेर ३.९१% मा झरेको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ ३० पैसा रहेको छ ।
स्रोत : नेपाली पैसा

