काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार (साउन ३० गते) बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७.४४% बोनस सेयर र कर प्रयोजनको लागि ०.३९% नगद लाभांश निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट यो लाभांश घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको लाभांश नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

