देशका विभिन्न ५ शहरमा अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको इनोभेट नेपाल ग्रुप (आइएनजी) अन्तर्गत पर्ने इस्लिंगटन कलेज र माइ सेकेन्ड टिचर वेब र मोबाइलमा आधारित इ-लर्निङ्ग प्ल्याटफर्मले नेपाली क्रिकेट टिमलाई प्रायोजन गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार ‘माई सेकेण्ड टिचर’को आईएनजी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।
सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरेका हुन् ।
एक वर्षका लागि गरिएको प्रायोजनको सम्झौता रकम भने खुलाइएको छैन । अब एक वर्षसम्म राष्ट्रिय टोलीको जर्सीमा ‘माई सेकेण्ड टिचर’ र इस्लिङ्गटन कलेजको लोगो हुनेछ । यी दुवै संस्था भने इनोभेट टेक अन्तर्गत पर्छन। केहि दिन अघि प्रेस मिट गरेको माइ सेकेन्ड टिचर बैशाख १ गते देखि बजारमा आउने जानकारी गराइएको छ।
वैशाख ४ गतेबाट नेपालले घरेलु मैदानमा टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । नेपाली टोलीले उक्त खेलमा नयाँ जर्सी लगाउनेछ । वैशाखमै नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज पनि खेल्दैछ ।