युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार कीभमा कारको ठक्करमा परेका छन्। तथापि उनलाई “कुनै गम्भीर चोटपटक नभएको” सिएनएनले लेखेको छ।
राष्ट्रपतिको प्रेस सेक्रेटरीको विज्ञप्तिमा भनिएको छ, “युक्रेनका राष्ट्रपतिको कार र एस्कर्ट गाडीसँग कार ठोक्कियो।”
जेलेन्स्कीसँगै आएका चिकित्सकहरूले कार चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरेको समाचारमा उल्लेख गरिएको छ भने “राष्ट्रपतिलाई डाक्टरले जाँच गर्दा, कुनै गम्भीर चोटपटक नभेटिएको।” पनि उक्त विज्ञप्तिमा भनिएको छ।
अधिकारीहरूले घटनाको परिस्थितिको अनुसन्धान गरिरहेका छन्। यसअघि बुधबार, जेलेन्स्कीले खार्किभको उत्तरपूर्वी क्षेत्रमा भर्खरै मुक्त गरिएको इजियमको भ्रमण गरेका हुन् जहाँ देशको सेनाले शहरलाई पुन: कब्जा गरेको पाँच दिन भएको थियो ।
सेनाको एक इकाईको फेसबुक पेजमा फोटोहरूमा जेलेन्स्की शहरको प्रशासनिक भवनमा युक्रेनी झण्डा फहराउनको लागि मुख्य चोकमा आयोजित समारोहमा देखाइएको थियो। उक्त कार्यक्रममा रक्षा उपमन्त्री हन्ना मलियार पनि उपस्थित थिए।
“पहिले, जब हामीले माथि हेर्यौं, हामी सधैं निलो आकाश खोज्थ्यौं। आज, जब हामी माथि हेर्छौं, हामी केवल एक चीज खोज्छौं – युक्रेनको झण्डा,” जेलेन्स्कीले राष्ट्रपतिको टेलिग्राम च्यानलमा पोस्टमा गर्दै लेखेका छन्।
“हाम्रो निलो-पहेँलो झण्डा पहिले नै कब्जा गरिएको इजियममा उडिरहेको छ। र यो हरेक युक्रेनी शहर र गाउँमा हुनेछ। हामी केवल एउटै दिशामा अघि बढिरहेका छौं – अगाडि र विजय तिर।

