नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौँ दिन बिहीबार उच्च अंकले घटेको छ। कारोबारको सुरुवातदेखि नै ओरोलो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो।
बिहीबार नेप्से ५७ अंकले घटेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ। त्यस्तै, नेप्से घटे पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ। नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ।
नेप्सेका अनुसार एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ। यसको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो।
त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ। यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ।

