उद्योग विभागले प्राइभेट फर्म दर्ता गरी नवीकरण गर्न नपाएकालाई आगामी पुस मसान्तसम्मको समय थपेको छ। विभागले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ मा १४औं संशोधन गर्दै सरकारले यस्तो समय दिएको हो।
प्राइभेट फर्म नवीकरण गराउन नसकेको उचित कारण खुलाएर नवीकरण गराउन पुस मसान्तसम्म निवेदन दिए उद्योग विभागबाट यस्तो फर्म नवीकरण हुनेछ।
प्रत्येक नवीकरण अवधिका लागि लाग्ने नवीकरण दस्तुरको तेब्बर दस्तुर तथा तोकिएको जरिमाना भने बुझाउनुपर्नेछ।
२० लाख रुपैयाँसम्म पुँजी भएको प्राइभेट फर्मबाट प्रत्येक वर्षका लागि २ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएको छ। २० लाख बढी पुँजी भएको प्राइभेट फर्मबाट भने प्रत्येक वर्षको ५ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएको छ। यो नियमावलीले प्राइभेट फर्म हकवालाका लागि नामसारीसमेत गर्न सकिने प्रावधान समटेको छ।

