निराज रानाभाट : अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ( डीभी ) को आवेदन खुला गरेको छ । असोज २० गते , बिहीबार ( अाज ) राति ०९:४५ बजेदेखि खुला भएको आवेदन आउँदाे कार्तिक २२ गतेसम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।
आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नु पर्ने छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

