न्युजिल्यान्डको तटमा पाँच सय ह्वेल माछा मृत फेला परेका छन् । समाचार एजेन्सी एपीका अनुसार न्युजिल्यान्डको मुख्य भूभागदेखि ८ सय किलोमिटर टाढाको चैथम आइसल्यान्डमा ती ह्वेल मृत फेला परेका हुन् ।
STRANDING UPDATE@docgovtnz rangers and PJ medics are working to refloat the 5 surviving pilot whales. This is a stressful time for the whales after their time spent stranded yesterday and this morning, so close monitoring of their condition and responses in the water is key. pic.twitter.com/8PHPuMTaXR
— Project Jonah (@ProjectJonah) March 17, 2022
ती ह्वेलको मृत्यु कसरी भयो भन्ने विषय चाही रहस्यमयी बनेको छ । वैज्ञानिकहरूले यसरी ठूलो संख्यामा पाइलट ह्वेलको मृत्यु हुनु कुनै भयानक आपतको संकेत पनि हुन सक्ने चेतावनी दिएका छन् ।
अर्को एक अनुमान अनुसार सो क्षेत्रमा रहेका सार्कले लेखेटेपछि ती ह्वेल भागेर तटमा आएको र फर्किन नसकेपछि मरेको पनि हुन सक्ने बताइएको छ । पाइलट ह्वेल शिकारीबाट बच्न आत्महत्या गर्छन् ।

