चितवन- पूर्वसांसद तथा अधिवक्ता जगन्नाथ पौडेललाई नेपाली कांग्रेस बिपी पार्टीले साथ दिने भएकाे छ।
पौडेल समूहलाई समर्थन गर्दै बिपी समूह चितवनमा घरदैलोमा निस्किएको छ।
कांग्रेस बिपी पार्टीका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले सत्य र निष्ठाको लडाइँ गर्दै गर्दा आज पैसा खर्च गर्न सक्नेहरूले भोट किनेको र सच्चा कांग्रेसलाई नै प्रभावित पारेको आरोप लगाए।
जगन्नाथ पौडेलले बिपीवादको अनुशरण गरेको हुँदा सच्चा कांग्रेसहरूले अब रुखको विकल्पमा सूर्यमुखी फूलमा मतदान गर्न आग्रह गरे।
पाैडेलले क्षेत्र- ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।
उनले नेपाली कांग्रेसबाट भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका थिए।
यस पटक पनि नेपाली कांग्रेसले गठबन्धन गरेर नेकपा माओवादीका उम्मेदवारलाई सर्मथन गरेसँगै असन्तुष्ट कांग्रेस मतदाताहरूको भोट तान्ने मनसायमा उनी छन्।

