चितवन कार्तिक २० : मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिना अनुमति चुनावी प्रचार प्रसारमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिन निर्देशन दिएको छ ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आज (आइतबार) ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मीलाई त्यस्ता सवारी साधन नियन्त्रणमा लिन पत्राचार गरेका हुन् । निर्वाचन आचारसंहिता २०७९ को दफा १४ को उपदफा (२) मा अनुमति पाएको बाहेकका प्रचार प्रसारमा प्रयोग गर्न नपाईने उल्लेख छ ।

हाल जिल्लाका विभिन्न स्थानहरुमा उम्मेदवारहरुको चुनाव चिन्ह, तस्विर, दलको झण्डा र ब्यानर प्रयोग गरी आचारसंहिता विपरित सवारी साधन परिचालन भइरहेको भन्ने खबर आएको थापाले बताए । अनुमति बिहान त्यस्ता प्रचार सामाग्री राखेर परिचालित सवारी साधन नियन्त्रणमा लिईने उनले बताए ।

