चितवन, २२ कात्तिक । आज भरतपुरमा सम्पन्न भएको नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको प्रथम अधिवेशनले अमृत काफ्लेलाइ अध्यक्ष चयन गर्दै १५ सदस्यीय समिति गठन गरेको छ ।
प्रथम अधिबेसन बाट चयन गरिएको समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साह रहनु भएको छ ।
त्यसै गरी समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी रहनु भएको छ ।
अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा रहनु भएको छ ।




