गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले स्थायी सरकारका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।
भरतपुरमा जारी सत्ता गठबन्धन दलको आम सभामा बोल्दै राज्यमन्त्री समेत रहेका श्रेष्ठले स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भन्दै त्यसका लागि गठबन्धन चाहिएको उल्लेख गरे । समृद्धिको लागि गठबन्धनको जीत आवश्यक छ उनले भने जनताले अत्याधिक मतले गठबन्धनका उम्मेदवारलाई जिताउनु हुनेछ ।
आर्थिक हिसाबले चितवनमा धेरै सम्भावना रहेको भन्दै उनले उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्नुपर्ने बताए । अहिलेको मुख्य समस्या बेरोजगारी हो उनले भने यो समस्या सामधानको लागि उद्योग खुल्ले वाताबरण तयार गर्नेछु ।

