चितवन कार्तिक २८ : नेकपा एमालेको चुनावी आमसभामा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताएका छन्। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए।
आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ।’
कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए। उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निकालेको छ। चितवन ३ मा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने यसअघि बताएको थियो।

