चितवन कार्तिक २८ : प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार अब्दुस मियाको टोली माथी एमालेकै युवा सघको टोलीले आक्रमण गरेको छ ।
गएराती चुनाव प्रचार पछि खाना खान पालुङटार नगरपालिका-७, च्याङ्ली स्थित म्याङ्ग्यो रिसोर्टमा पुगेका अब्दुसको टोलीलाई तनहुको भानु नगरपालिकाका युवा सघको अध्यक्ष चिजबहादुर लामाको टोलीले आक्रमण गरेको हो ।
लामाको टोलीको आक्रमणबाट अब्दुसको चुनाव प्रचारमा सगै रहेका एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरी काफ्ले गम्भीर घाइते भएको छ । घाइते काफ्लेको टाउकोमा बियरको बोतलले आक्रमण गरेको हो । उनी उपचारका लागि अहिले काठमाडौ रहेका छन ।
घटनाका आरोपित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामाको समूह दिउँसोदेखि नै रिसोर्टमा रक्सी सेवन गरेर बसेका थिए ।

