काठमाडौं,माघ २०: नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन ्।
आफैं गाडी चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।