पाण्डबखानी: गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. काे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष चन्द्रकुमारी श्रीस(आसा) काे अध्यक्षता संविधानसभाका सदस्य नरबहादुर पुन(निरज) काे प्रमुख आथितियतामा भएको साधारणसभामा सेयर सदस्य मध्य एकल महिला, जेष्ठ महिला र पुरुष, बाल बचत मध्य कक्षा १२ पास गरेका विद्यार्थी र असल ऋणि सम्मान संगै ग्रामिण बस्तिदेखि पत्रकारिता गर्दै आइरहेका पाण्डबखानी अनलाइन खबरका संचालक सुरेश छन्त्याललाई समेत सम्मान गरिएको थियाे ।
त्यस्तै अध्यक्ष प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियाे। सहकारीमा ३२५ बाल बचत, ५७७ बचतकर्ता संगै ५७७ शेयर सदस्य आवद्ध भएको र दुई करोड साठी लाख ४५ हजार तीन सय साठी रुपैया काराेवार गरेकाे आर्थिक सदस्य गिरिप्रसाद घर्तिले जानकारी दिनु भयाे । त्यस्तै आशा श्रीसकाे अध्यक्षता पुन कार्य समिति गठन भएको छ ।
कार्यक्रममा सप्तरङ्गी बचत तथा ऋण सहकारीका प्रबन्धक दिप घर्ती, महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, वडा अध्यक्ष भक्त काउचा, नगर कार्यपालिका सदस्य रामप्रसाद वि.क, आर्थिक सदस्य गिरिप्रसाद घर्ति, संविधानसभाका सदस्य नरबहादुर पुन(निरज)ले सहकारीकाे प्रगतिकाे शुभकामना व्यक्त गर्नुभएको थियाे भने सहकारीका काेषाध्यक्ष तेजकुमारीकाे स्वागत तथा सचिव कर्णकुमारी काउचाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।


