चितवन कार्तिक ३० : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् ।
हिजाे मंगलबार बेलुकी धनगढी पुगेका प्रधानमन्त्री देउवा आज आफ्नो गृहजिल्ला जान लागेका हुन् । उनकाे याे गृहजिल्ला भ्रमण निर्वाचन लक्षित भएकाे बताइएकाे छ ।
देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन् ।
देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला पुगेका थिए। त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा सत्ता गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए ।
कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा रहेकाे साे क्षेत्रमा देउवा साताैँ पटक निर्वाचन लड्दै छन् ।

