
शारदानगर । भरतपुर १९ वडा कार्यालयद्वारा ११३औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तर टोलविकास संस्था हाजिर जवाफ प्रतियोगितामा थानेदार टोल विकास संस्था प्रथम भएको छ ।
इमान सिंह टोल बिकास सस्था द्वितिय रानिपोखरी टोल विकास सस्था तृतीय र गन्जसिह र शान्ती टोल बिकास सस्था सान्तवना भएका हुन।
“लैङ्गीक समानताको बलियो अधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुचँ विस्तार“ भन्ने शीर्षकमा गरिएको प्रतिगितमा १४ वटा टोलविकास संस्थाले सहभागिता जनाएका थिए।
वडास्तरिय महिला समितिकी अध्यक्ष निरा गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष प्रकास तामाङले राजनीतिक होस् वा सामाजिक कार्य मा महिलाको सहभागिता बढिरहेको वताए।
त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंक केन्द्रिय संचालक समितीकि केन्द्रिय सदस्य तारा गुरुङ,महिला नेतृ मसिना गुरूङ,वडासचिव बाबुराम शर्मा लगायतले मन्तव्य राखेका थिय। कार्यक्रममा प्रथमहुने समुहले रू २० हजार र दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेका थिए।


