मेघौली
रोमान्टिक पलहरु, साट्न जाउ मेघौलीमा
एकान्त र शान्त छ, घुम्नजाउ मेघौलीमा ।।
सजिलै देख्न पाइन्छ लोपोन्मुख पाटेबाघ
दृश्यावलोकनका लागी निकुञ्ज आकर्षक ।।
डुंगा सफारी रापतीमा अनी चरा अवलोकन,
सुन्दर टापु मेघौली नारायणी र राप्तीको संगम ।।
विश्वकै दुर्लभ एकसिंगे गैडा सजिलै देखिन्छ
प्रकृतिको निकट रहँदै अद्भूत आनन्द पाइन्छ।।
सबैलाई पनि आकर्षित गर्दछ राप्तीका गोहीले
मनै हर्छ आदीवासी थारु समुदायको सांस्कृतिले ।।
‘पंक्षी हेरौं कि जलचर ? घांसे मैदान की वनस्पति ?
विविधता छ यहाँ जैविक, भौगोलिक र संस्कृति ?’
रामशरण गैरै
चितवन



