बाग्लुंग , बैशाख ३० : गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ग्लोबल आईएमई बैङ्क लिमिटेड गलकोट शाखाद्धारा आज गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, दलित बालबालिका, एकल महिला, विधवा महिला, अपांगता भएका नागरिकहरु ३ सय ४ जनालाई ४१ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ग्लोबल आईएमई बैङ्क लिमिटेड गलकोट शाखाका प्रमुख श्याम ढकालले जानकारी दिनुभयो । त्यस्तै भोलि गलकोट नगरपालिका वडा नम्वर १० को रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बैङ्कले जनाएको छ ।